सानिमा बैंकको नयाँ CEO मा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकले पवनकुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO)को जिम्मेवारी सुम्पिएको छ। आइतबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आचार्य बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बोर्डले उनलाई नेतृत्व तहमा उकास्दै सीईओ पदमा चयन गरेको हो।

हालसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका निश्चलराज पाण्डेको कार्यकाल ११ माघ २०८२ मा समाप्त भएसँगै पद रिक्त भएको थियो। उक्त रिक्त स्थानमा आचार्यलाई बढुवा गर्दै बैंकले नयाँ नेतृत्वको घोषणा गरेको छ।

सानिमा बैंकका बोर्डले आचार्यको अनुभव र नेतृत्व क्षमतालाई ध्यानमा राखेर बैंकको दीर्घकालीन विकास र रणनीतिक लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेको छ।