ग्राहक सुविधामा निरन्तर सुधार गर्दै आएको नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। यसअघि उपलब्ध अटम अफरमा रहेका प्याकेजहरूको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएपछि त्यसलाई निरन्तरता दिइएको हो।
अफर अन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न डाटा प्याक, अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, र पोस्टपेड प्याकेज सहितको सोसल मिडिया प्याकेज यथावत उपलब्ध छन्।
साथै एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका प्रयोगकर्ताका लागि प्याकेज र नमस्ते वाइफाई बन्डल प्याकेज, एफटीटीएच प्याकेजहरू पनि उपलब्ध रहेका छन्।
विशेषगरी पोस्टपेड मोबाइलमा उपलब्ध सजिलो अनलिमिटेड प्याकेज अब रिकरिङ प्याकेजको रूपमा उपलब्ध भएको छ। यस अनुसार ग्राहकले प्रत्येक महिना प्याकेज नवीकरण गर्नुपर्ने झन्झट हुँदैन र प्याकेज स्वतः नवीकरण हुनेछ। पहिले 14152*4# डायल गरेर मात्र उपलब्ध यो सुविधा अब नेपाल टेलिकमको मोबाइल एप र वेबसाइटबाट समेत लिन सकिने व्यवस्था गरिएको छ।
विन्टर अफर २०८२ माघ ११ गतेबाट सुरु भई आगामी ९० दिनसम्म उपलब्ध हुनेछ। विभिन्न प्याकेज लिन ग्राहकहरूले *1415# डायल गर्नुपर्नेछ। यसका साथै कम्पनीको नेपाल टेलिकम एप र वेबसाइट (www.ntc.net.np) मार्फत विस्तृत जानकारी र सेवा खरिद गर्न सकिन्छ।
