डेभिल्सको उपहार: विश्वकप रंगशालामा नेपाली सपनाको यात्रा

प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासको एक ऐतिहासिक उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ, मुम्बई जाउँ” नामक यस अभियानमार्फत क्रिकेट समर्थकहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ।

अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले भारतको मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्ने मौका पाउनेछन्। विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक मानिने वानखेड़े स्टेडियमबाट नेपालको विश्वकप डेब्यु हेर्न पाउने अवसरमार्फत डेभिल्सले नेपाली समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ।

“डेभिल्स खाउँ, मुम्बई जाउँ” अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न प्रोत्साहन गरिएको भए पनि अनिवार्य गरिएको छैन।

विजेताका लागि तय गरिएको पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ।

अभियानबारे प्रतिक्रिया दिँदै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रकै लागि गर्व र ऐतिहासिक क्षण भएको बताए। उनले भने, “‘डेभिल्स खाउँ, मुम्बई जाउँ’मार्फत हामी यो उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं। क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्व मञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो।”

यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग अझ नजिकबाट जोड्दै खेलकुदले सिर्जना गर्ने उत्साह, एकता र समर्थनको भावनालाई थप मजबुत बनाएको छ।