स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सार्वजनिक सूचना मार्फत जानकारी दिँदै संस्थापकहरूको नाममा रहेको ११,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको जनाएको छ।
यस शेयर बिक्रीको पहिलो चरणमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन्। न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। खरिद इच्छुक संस्थापक शेयरधनीहरूले यो मूल्य वा सोभन्दा बढी मूल्यमा ३५ दिन भित्र आवेदन दिनुपर्ने व्यवस्था छ।
आवेदन काभ्रेपलान्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रशासन विभागमा लिखित निवेदन मार्फत दिन सकिनेछ। यदि पहिलो चरणमा संस्थापक शेयरधनीले शेयर नकिने खण्डमा, कम्पनीले यसलाई सर्वसाधारणका लागि खुल्ला बिक्रीमा ल्याउनेछ।
