काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक अन्तर्वार्तामा संसद भवन आक्रमण र तोडफोडबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। पत्रकार दिवाकार शाहसँगको अन्तर्वार्तामा ओलीले भने,
“यदि गोली चल्ने परिस्थिति निर्माण भयो भने भोली पनि चल्छ। गोली नचलाउने भन्ने कुरा हुँदैन। गोली त चल्छ। कस्तो परिस्थितिमा गोली चल्छ भन्ने कुरा मान्छे मार्नु पर्छ भन्ने होइन, तर मान्छे मर्छ त।”
उनले थप भने, “यो अवस्थाले मान्छे मर्छ नि। जब संसद भवनमा आगो लगाइयो, तोडफोड गरियो, भित्र पस्यो—भित्र किन पसेको?”
दिवाकार शाहले भने, “त्यसबेला जनतामा र युवामा आक्रोश थियो। सुरक्षाकर्मी पर्याप्त थिएनन्, जति चाहिएको थियो त्यति त थिएनन्।”
तर ओलीले यसलाई फर्काउँदै प्रश्न उठाए, “हो, तपाईं भन्नुहुन्छ जनतामा आक्रोश थियो भनेर, तर त्या कस्ता मान्छे आए? र कसले तोड्यो? जेन जी ले तोड्यहा ब्यारी केट।”
यो अभिव्यक्तिले संसद आक्रमण घटनामा ओलीको दृष्टिकोण र सुरक्षा व्यवस्थासम्बन्धी विवाद फेरि सार्वजनिक बहसमा ल्याएको छ।
