प्रेसमाथिको अवरोध लोकतन्त्रका लागि खतरनाक : मिडिया एलायन्स नेपाल

नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक) मा भएको बिबादलाई मद्यनाजर गर्दै सस्थाको तर्फबाट प्रेस बिज्ञप्ती जारि गरिएको छ उक्त जारि विज्ञप्तिमा भनिएको छ :

मिति २०८२ साल माघ १४ गते बुधबारका दिन नेपाली सञ्चार क्षेत्रको अग्रणी मध्येको एक सञ्चार गृह नेपाल रिपब्लिक मिडियामा पत्रकार महासंघ जस्तो जिम्मेवार संस्थाबाट भएको तालाबन्दीको कार्य प्रति यस मिडिया एलायन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रचलित कानून तथा संवैधानिक व्यवस्था समेतको बर्खिलाप हुनेगरि कुनैपनि पत्रपत्रिकाको प्रकाशनमा प्रत्यक्ष अवरोध पुर्याउने मनसाय सहित भए गरिएका यस्ता कार्यहरुको कुनैपनि अवस्थामा स्वीकार्य नहुने भएको हुँदा यस संस्था त्यस्ता कार्यहरुको भत्सर्ना गर्दछ । कुनैपनि विवादहरुको अन्तिम समाधान कानूनी प्रक्रियाबाट नै हुने भएकोले अनावश्यक दवाव सृजनाका लागि अन्य तरिकाले गरिने सबै कार्यहरु तथा सोबाट सञ्चार गृह संचालक/प्रकाशक र सञ्चार गृहको ख्यातिमा पर्ने हानीको सम्बन्धमा यस संस्थाले गम्भीरतापूर्वक विश्लेषण गरिरहेको पनि सम्बन्धित सबैलाई जानकारी गराउँदै, विवादको शान्तिपूर्ण र कानूनी समाधान नै अन्तिम तथा उपयुक्त मार्ग भएको हुँदा विधिको शासनलाई उच्च सम्मान गर्दै कार्य गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।

यसैबीचमा एक संचालक संग नीति ३६५ ले कुरा गर्दा उनि भन्छिन समाजमा सकारात्मक नामारात्मक तत्व दुवै हुन्छन हामि समस्याको सामाना गर्छौ । तर कसैको मिलेमतोमा भएको यस्ता कार्यहरुको कानुनि बाटो अपनाउने उद्दत गर्दै सहमति सहकार्य एकताबाट अघि बढ्न सबैलाई आग्रह गर्दै कानुनि मार्गलाइ सहजताका साथ् अपनाउन समेत आग्रह गरेकी छिन ।