इमर्जिङ्ग नेपालले सेयरधनीलाई नगद लाभांश वितरण सुरु

इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको लागि नगद लाभांश वितरण प्रक्रिया सुरु गरेको छ। कम्पनीको गत पुस २८ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम ५.२६३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण भइरहेको हो।

कम्पनीका अनुसार, पुस १६ गतेसम्म हितग्राही खातामा बैंक विवरण अद्यावधिक गराएका सेयरधनीहरूको हकमा गत माघ १३ गतेदेखि रकम जम्मा गरिसकिएको छ।

यस्तै, हालसम्म बैंक खाता विवरण अद्यावधिक नगराएका वा मर्जर/एक्विजिसनका कारण बैंक खाता परिवर्तन भएका सेयरधनीहरूलाई तत्काल आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरी खाता अद्यावधिक गर्न अनुरोध गरिएको छ। खाता अद्यावधिक गरेपछि मात्र लाभांश रकम प्राप्त हुनेछ।

त्यस्तै, जुन सेयरधनीहरूले शेयर धितो राखेर कर्जा लिएका छन्, उनीहरूको लाभांश प्राप्त गर्न सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट ‘नो अप्जेक्सन लेटर’ वा ‘रिलिज लेटर’ (कर्जा चुक्ता भएको पत्र) अनिवार्य रहेको कम्पनीले जनाएको छ।