शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। हिजो प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको सुनको भाउ आज समान रकमले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम गरिएको छ। हिजो यो मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। हिजो प्रतितोला ७ हजार ५०५ रुपैयाँ तोकिएको चाँदीको भाउ आज ७ हजार ६५ रुपैयाँमा झरेको छ, जसमा एकैदिन ४४० रुपैयाँको कमी आएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हिजोको तुलनामा ३ प्रतिशतभन्दा बढी घटेर प्रतिऔँस ५,२००–५,२३० अमेरिकी डलरमा कारोबार भइरहेको छ। हिजो मात्र सुनले प्रतिऔँस ५,५९१ अमेरिकी डलरमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो।
चाँदीको अन्तर्राष्ट्रिय मूल्यमा पनि गिरावट आएको छ। हिजो प्रतिऔँस १२१ अमेरिकी डलर पुगेको चाँदी आज करिब ४.३ प्रतिशतले घटेर ११०–११३ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
