काठमाडौं। भारतको औद्योगिक उत्पादन सन् २०२५ को डिसेम्बरमा ७.८ प्रतिशतले वृद्धि भएको छ, जुन पछिल्लो दुई वर्षयताकै उच्च दर हो। अघिल्लो महिना नोभेम्बरमा यो दर ६.७ प्रतिशत थियो, जसको तुलनामा डिसेम्बरमा उल्लेख्य सुधार देखिएको छ।
संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अनुसार, डिसेम्बर महिनाको वृद्धिमा उत्पादन, खानी र विद्युत क्षेत्रको सकारात्मक योगदान प्रमुख रहेको छ। विशेषत: उत्पादन क्षेत्रमा ८.१ प्रतिशत, खानी क्षेत्रमा ६.८ प्रतिशत र विद्युत क्षेत्रमा ६.३ प्रतिशत वृद्धिले समग्र औद्योगिक उत्पादन सूचकाङ्कलाई माथि पुर्याएको छ।
मन्त्रालयले जारी गरेको विवरण अनुसार, औद्योगिक उत्पादन सूचकाङ्कमा आएको यो सुधार सबै क्षेत्रहरूमा भएको वृद्धि र सुधारका कारण सम्भव भएको हो।
यो तथ्याङ्कले भारतको अर्थतन्त्रमा स्थिर वृद्धि र औद्योगिक उत्पादनमा पुनरुत्थानको संकेत दिएको छ।
—न्युज एजेन्सी नेपाल
