साताको चौथो दिन आज ७ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार

साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा पुगेर बन्द भएको छ।

आजको कारोबारमा ३ सय २६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६ सय २६ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १५ प्रतिशत,सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव १२ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। एचएलआई लार्ज क्याप फण्डको सेयर मूल्य यस दिन सर्वाधिक ५.५४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९३ प्रतिशत बढेको छ।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९।०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।