नेपाली महिला क्रिकेट-तेस्रो हार

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा अर्को हार बेहोरेको छ।

नेपालले आज समूह चरणको अन्तिम खेल भारत ‘ए’ सँग ७ विकेटले गुमाएको हो । नेपाल यसअघि पाकिस्तान ‘ए’ र संयुक्त अरब एमिरेन्ट्स (युएई) सँग पनि पराजित भएको थियो। योसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ।

नेपालले फेरि एकपटक कमजोर ब्याटिङ गरेको छ। ७९ रनको झिनो लक्ष्य भारत ‘ए’ ले ७.५ ओभरमा ३ विकेटको गुमाएर पूरा गर्यो।

भारतका लागि १८ बलमा ९ चौकासहित ओपनर दिनेश वृन्दा ३९ रनमा अविजित रहिन्। तेजल हासाब्नीस १८ र दिया यादव २ रनमा आउट भइन् ।

थाइल्यान्डको बैककस्थित टेडथाइ क्रिकेट स्टेडियममा त्यसअघि भारतले जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली १८ ओभरमा ७८ रनमा अलआउट भयो।

नेपालका लागि सम्झना खड्काले बनाएको २२ रन नै सर्वाधिक रह्यो। रुवि पोदार, कविता जोशीले समान १२ रन बनाए। विन्दु रावलले ११ र कप्तान पूजा महतोले १० रन बनाइन् ।

भारतीत तनुजा कन्वरले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिइन्। मिन्नु मनिले ४ ओभरमा ८ रन दिएर ३र राधा यादवले २ विकेट आफ्नो नाममा गरिन्।

नेपालले शुक्रबार पाकिस्तानसँग ३० रन र आइतबार युएईसँग १८ रनले पराजित भएको थियो।