काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
