सुन–चाँदी दुवैमा उकालो, बजारमा सकारात्मक संकेत

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार भने सुन प्रतितोला २ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। लगातारको वृद्धिसँगै बजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ।

यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। सोमबार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार