पोखरामा वाडा अटो शो २०२६: अटो प्रविधि र व्यापारको महोत्सव सुरु हुँदै

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार

काठमाडौं । पर्यटकीय नगरी Pokhara मा दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। NADA Automobiles Association of Nepal को प्रस्तुतिमा Western Automobile Dealers Association ले आगामी चैत ११ देखि १५ गतेसम्म प्रदर्शनी आयोजना गर्ने तयारी गरेको हो।

पोखराको लेकसाइडस्थित तालबाराही चोकको खेल मैदानमा सञ्चालन हुने यस अटो शोले सवारी साधनका पारखी, व्यवसायी तथा सम्भावित ग्राहकलाई एकै थलोमा जोड्ने लक्ष्य लिएको छ। पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको दोस्रो संस्करणमा अटो क्षेत्रमा भइरहेका आधुनिक प्रविधि, नयाँ मोडलका सवारी साधन र विशेष अफरहरू मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटो क्षेत्रसँग सम्बन्धित विविध उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। यसले व्यवसायीहरूलाई आफ्नो ब्रान्ड प्रवर्द्धन र व्यापार विस्तारको उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

स्टल बुकिङ आज फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको छ। सहभागी हुन इच्छुक कम्पनी तथा संस्थाहरूलाई समयमै बुकिङ गर्न आयोजकले आह्वान गरेको छ।

कार्यक्रमको व्यवस्थापन Global Exposition and Management Services Pvt. Ltd. ले गर्नेछ। स्टल बुकिङ तथा थप जानकारीका लागि [email protected] मा इमेल वा ९८०१५४१५३८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

अटो क्षेत्रको नवीनतम प्रविधि, व्यापारिक सम्भावना र उपभोक्ता आकर्षणलाई एकसाथ समेट्ने लक्ष्यसहित आयोजना हुन लागेको यो अटो शोले पोखराको आर्थिक तथा पर्यटकीय गतिविधिमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार