स्थिर सुन, चमक बढ्दै चाँदी: आजको बजारमा कति छ मूल्य?

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा कुनै परिवर्तन नभई स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज छापावाल सुनको मूल्य हिजो मंगलबारकै दरमा कायम भएको हो । मंगलबार प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा खरिद-बिक्री भइरहेको छ।

सुनको भाउ स्थिर रहे पनि चाँदीको मूल्यमा भने आज उछाल आएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार