नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ६.३ अंकले उकालो लागेको छ ।
कारोबार हुने अन्तिम दिन आज बिहिबार अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २२ प्रतिशत बढी हो ।
कूल ३३५ कम्पनीको ४४ हजार २०४ कारोबारबाट ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ २८ पैसा बराबरका १ करोड ५३ लाख १४५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
