सिटिजन्स बैंक र मेदान्त अस्पतालको सहकार्य विस्तार, कार्डधारीलाई १५प्रतिशत छुट

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त द मेडिसिटी अस्पतालबीच कार्डधारी ग्राहकहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता पुन: हस्ताक्षर भएको छ।

अघिल्लो सहकार्यमा यो छुट सुविधा केवल मेदान्ता, गुडगावँमा लागू हुँदै आएको थियो भने नयाँ सम्झौतापछि यो सुविधा थप ६ अस्पतालहरूमा समेत उपलब्ध हुनेछ। यी अस्पतालहरूमा मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँची साथै ५ मेडिक्लिनिकहरू समावेश छन्।

समझदारीपत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन्। यस सहकार्यबाट बैंकका ग्राहकहरूले भारतमा स्वास्थ्य उपचार गराउँदा सरल र सुलभ तरिकाले लाभ पाउने व्यवस्था सुनिश्चित गरिएको छ।

सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न नवप्रवर्तनात्मक सेवा समेत सञ्चालनमा ल्याएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड उपलब्ध गराएको छ। साथै, नवयुवालाई लक्षित गरी सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट, सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सरका लागि फ्रिलान्सर सेविङ्ज अकाउन्ट सुरु गरेको छ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा, साथै क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट QR स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने सुविधा पनि उपलब्ध छ।

हाल, सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइबाट करिब १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार