आज शनिबार बिहान बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।
खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो।
अनि विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोक्किन पुगेको रोयटर्सलाई उद्धृत गर्द नेपालखबरले जनाएको छ ।
विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए।
उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो।
दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको थियो।
बोलिभियाको केन्द्रीय बैंकले दुर्घटनाबारे पत्रकार सम्मेलन गर्ने बताइएको छ।
दुर्घटना कारणबारे अनुसन्धान सुरु गरिएको छ।
घाइतेहरू स्थानीय अस्पतालहरूमा उपचाररत छन्।
प्रशासनले मृतकहरूको पहिचान र क्षतिको मूल्यांकन सुरु गरेको छ।
नेपालखबरबाट साभार
