निर्वाचन नजिकिदै, शेयर बजारमा दोहोरो अंकको सुधार

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज आइतबार दोहोरो अंकले उकालो लागेको छ ।

यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ७२ अंकले वृद्धि भएको हो ।

निर्वाचन नजिकिदै गर्दा सुधार देखिएको शेयर बजारमा कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसुचक १९ दशमलब २७ अंकले वृद्धि भई २ हजार ६७४ दशमलब २० बिन्दुमा पुगेको छ ।

आज कूल ३४१ कम्पनीको ५५ हजार २०६ कारोबारबाट ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँ ३६ पैसा बराबरको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार