आजदेखि साताव्यापी सार्वजनिक बिदा

  • Clock icon
    २०८२ फाल्गुन १८, सोमबार

आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ ।

फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ ।
त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ ।

२३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो ।

अब फागुन २५ गतेदेखि नियमित रुपमा कार्यालयहरु सञ्चालन हुनेमा दुविधा छैन ।

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ जानेहरू बढेका छन् ।

काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ ।