राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याउएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् ।
