धनुषा ३ मा रास्वपाका मनिष झा भारी मतान्तरले विजय

  • Clock icon
    २०८२ फाल्गुन २३, शनिबार

प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ ।

यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन् । उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन ।

उनको निकट प्रतित्वन्द्धि नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन । कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूले यस क्षेत्रमा १००० मत पनि कटाउन सकेका छैनन् । यहाँ नेपाली कम्युनिष्ट पार्टीका राम ललित मण्डलले जम्मा ७०९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका परमेश्वर साहले जम्मा ५०० मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार गोपाल प्रसाद साहले जम्मा ३८१ मत प्राप्त गरेका छन् ।

यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार सदाम हुसैनले जम्मा २११ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुसैन कवारीले जम्मा १९९ मत प्राप्त गरेका छन् ।

धनुषा क्षेत्र नं.३ मा जम्मा मतदाताको सङ्ख्या १२५९२७ रहेकोमा जम्मा खसेको मत सङ्ख्या ७१,१०९ रहेको छ । यहाँ कुल बदर मत ४,७३२ रहेको छ भने कुल सदर मत ७४, ३७७ रहेको छ ।