नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। साताको चौथो दिन आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा पुगेको हो।
प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार लगातार सकारात्मक सर्किट ब्रेक लागेर १६२.९४ अंकले बढेर २८७५.४४ बिन्दुमा पुगेर कारोबार बन्द भएको शेयर बजार परिसूचक नेप्से हिजो ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा पुगेको थियो।
हिजो २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३ सय २० रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ३ सय २९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ५ सय ५१ कित्ता शेयर खरिद-बिक्री हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार १ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ७६ अंक घटेको छ।
सालपा विकास बैंकको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड पावर लिमिटेड कम्पनीको ८५ करोड ९५ लाख ३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसुचक सबैभन्दा धेरै ३.४० प्रतिशत घटेको छ ।
लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।
