बालेनको मन्त्री परिषदमा संसदबाहिरका व्यक्ति

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। भावी प्रधानमन्त्री एवं रास्वपा पार्टीका वरिष्ठ नेता बालेन्द्र  शाह (बालेन)ले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट बनाउने विषयमाथि छलफल थालेका हुन्।

एकलौटी सरकार गठन गर्ने जनादेश पाएको रास्वपाले नयाँ अभ्यास अन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेका छन् । निर्वाचन अघि पनि मन्त्रीहरु संसदभन्दा बाहिर हुनपर्ने धारणा राखेका बालेन अहिले छलफलमा व्यस्त छन् ।

सरकारमा रहेर निष्पक्ष काम गर्नको लागि संसद् बाहिरका सम्बन्धित क्षेत्रका विज्ञ राखेर क्याबिनेट बने बलियो सरकारा हुने बालेनको तर्क छ । यसका लागि उनि लागिपरेका छन् ।

तर, त्यसरी बनाइएका मन्त्री संविधान अनुसार ६ महिनाभन्दा लामो समय पदमा रहन पाउँदैनन्।

लामो समय मन्त्रीमा कायम राख्न संविधान संशोधन गर्नुपर्ने भएकाले अन्य दलले साथ दिनुपर्ने हुन्छ। यसका लागि उनि लागिपरेका छन् । हेरौं राम्रो काम गर्ने सोच बनाएका भावी प्रधानमन्त्रीको लक्ष्य कत्तिको पूरा हुन्छ ।