निर्वाचन आयोगले थ्रेस होल्ड कटाउन दलहरूलाई ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ।
समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरी आयोगले सो आग्रह गरेको हो। आयोगले ६ वटै दललाई पत्राचार गरेको छ।
समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारण गरिएको हो ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो।
