दराजको ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार उक्त सेल अभियान मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि सुरु भई मार्च २० (चैत ६) सम्म सञ्चालन हुनेछ। यस अवधिमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, छनोट गरिएका वस्तुहरूमा निःशुल्क डेलिभरी तथा करिब ६३ लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन्।

दराजका अनुसार यसपटकको सेलमा विभिन्न ब्रान्डका विशेष साझेदार अफरहरू पनि समावेश गरिएको छ। प्लाटिनम साझेदार चर्च एण्ड ड्विाइट र ¥होटोका उत्पादनहरूमा ४४ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने गोल्ड साझेदार ब्राण्डहाउसका उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट पाइनेछ। त्यस्तै, सिल्भर साझेदार नाइकका उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ।

ग्राहकको विश्वास कायम राख्न दराजले यसपटक पनि ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दुई गुणा मूल्य फरक फिर्ता (डबल प्राइस डिफरेन्स रिफन्ड) सुविधा लागू गरेको जनाएको छ। यस अन्तर्गत, यदि ग्राहकले सोही उत्पादन नेपालभित्रकै अर्को अनलाइन प्लेटफर्ममा दराजको भन्दा कम मूल्यमा उपलब्ध भएको प्रमाणित गर्न सकेमा र आवश्यक सर्त पूरा गरेमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ।

कम्पनीका अनुसार ‘द रियल सेल’ अभियानको उद्देश्य देशभरका ग्राहकलाई किफायती मूल्य, सहज सेवा र विविध उत्पादनको विकल्प उपलब्ध गराउँदै प्रभावकारी अनलाइन किनमेल अनुभव प्रदान गर्नु हो।

यस सेल अवधिभर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावटलगायत विभिन्न क्याटेगोरीका उत्पादनहरूमा आकर्षक अफर प्राप्त गर्न सक्नेछन्। कम्पनीले यो अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू सहुलियत मूल्यमा किनमेल गर्ने राम्रो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

दराज नेपालको ‘द रियल सेल’ सम्बन्धी थप जानकारी दराज नेपालको आधिकारिक वेबसाइट, फेसबुक पेज वा दराज एपमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।