प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नकासाथै पिताप्रति समबेदना प्रकट गरेकी हुन् । मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
