काठमाडौं । प्रभु बैंक लिमिटेड ले ‘स्मार्ट मनि टक’ नाराका साथ ग्लोबल मनि विक २०२६ अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ। बैंकले मिति २०८२ चैत ०२ गतेदेखि अभियान औपचारिक रूपमा अघि बढाएको जनाएको छ।
यसै क्रममा बैंकले सूक्ष्म, साना तथा मझौला उद्यम व्यवसायीलाई लक्षित गर्दै ‘अकाउन्टिङ फर ग्रोथ’ शीर्षकमा एकदिने कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको होटल अनुत्तरा मा आयोजित उक्त कार्यक्रममा ४७ जना व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई वित्तीय सेवा उपयोग गर्दा आवश्यक प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट कर्जा लिन आवश्यक पर्ने योग्यता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। बैंकले यस प्रकारको ज्ञानले व्यवसायीहरूलाई वित्तीय पहुँच बढाउन र व्यवसाय विस्तारमा सहजता ल्याउने विश्वास लिएको छ।
प्रभु बैंकले हाल देशभर फैलिएको आफ्नो सञ्जालमार्फत सेवा प्रवाह गर्दै आएको छ। बैंकका अनुसार नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइँदै आएको छ।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित अघि बढिरहेको बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै ग्राहक केन्द्रित सेवा प्रवाहमा जोड दिइरहेको जनाएको छ।
