काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्नो ५१औं वार्षिक साधारणसभाबाट पारित नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिसकेको छ। कम्पनीले मंसिर २८ गते सम्पन्न साधारणसभाले स्वीकृत १६.५७ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गरेको हो।
त्यसैगरी, कम्पनीले १५ प्रतिशत बोनस शेयर नेप्से तथा सीडीएस एण्ड क्लियरिङमा सूचीकृत गरी शेयरधनीको दर्ता किताबमा अद्यावधिक समेत गरिसकेको छ।
कम्पनीका अनुसार नगद र बोनस लाभांश वितरणबाट शेयरधनीहरूले आफ्नो लगानीमा प्रत्यक्ष लाभ पाएका छन्। यस कदमले शेयरधनीहरूमाझ विश्वास र लगानी उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।