एनएमबि लघुवित्तको १३औं साधारणसभा चैत २५ गते पोखरामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आगामी चैत २५ गते पोखरास्थित होटल सिटी स्क्वायरमा बिहान १० बजे आयोजना गर्ने भएको छ।

संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको एजेन्डा तय गरेको छ। सभामा अन्य ’घ’ वर्गका लघुवित्त संस्थासँग गाभ्ने/गाभिने (मर्जर) प्रक्रिया अघि बढाउने प्रस्ताव पेश गरिनेछ। यसका लागि उपयुक्त संस्था पहिचान, मूल्याङ्कनकर्ता नियुक्ति र सम्झौतापत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने व्यवस्था गरिएको छ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब पारित गर्ने, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा एनएमबि बैंक प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची समावेश छ।

साधारणसभामा सहभागी हुनको लागि संस्थाले चैत १७ गते शेयरधनी दर्ता किताब एक दिनका लागि बन्द (बुक क्लोज) गर्ने जानकारी दिएको छ। चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।