उत्तर कोरियामा किम जोङको पार्टीले सबै सिटमा जित हासिल

काठमाडौं । उत्तर कोरियामा हालै सम्पन्न निर्वाचनमा सर्वोच्च नेता किम जोङ नेतृत्वको WPK पार्टीले सबै ६८७ सिटमा विजय प्राप्त गरेको छ। निर्वाचन नतिजा अनुसार ६८७ मध्ये ६८७ सिट उनकै पक्षमा आएको छ, जसले ९९.९३ प्रतिशत समर्थन दर देखाएको छ।

यस चुनावले देशमा पार्टीको स्थिरता र नेतृत्वको एकमत प्रदर्शित गरेको बताइएको छ। उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले परिणामलाई राष्ट्रका लागि सकारात्मक संकेत र एकताका रूपमा प्रस्तुत गरेका छन्।

विशेषज्ञहरूले यो परिणामले आगामी नीति, सामाजिक विकास र राष्ट्रिय योजनाहरूमा किम जोङको दिशानिर्देशन अझ प्रभावकारी हुने अपेक्षा गरिएको टिप्पणी गरेका छन्।

यससँगै उत्तर कोरियामा पार्टी नेतृत्वको स्थिरता र राजनीतिक निरन्तरता कायम हुने देखिएको छ।