कांग्रेस सभापति गगन थापा : पदबाट राजीनामा

GAGAN thapa

नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन्। तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्।