काठमाडौं । एमएडब्लु वृद्धिले आफ्ना लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेट्दै नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार उक्त कार्निभल आगामी चैत १२ गतेदेखि १४ गतेसम्म देशैभरि सञ्चालन हुनेछ। डिजाइन र प्रविधिमा अब्बल विद्युतीय सवारीसाधन (इभी) मा अपग्रेड हुने उपयुक्त अवसरका रूपमा यस कार्यक्रमलाई प्रस्तुत गरिएको छ।
मेगा एक्सचेन्ज कार्निभलमा सहभागी ग्राहकहरूले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्नेछन्।
नेपालमा दिगो यातायाततर्फको रूपान्तरण तीव्र बन्दै गएको सन्दर्भमा एमएडब्लु वृद्धिले नवीन तथा ग्राहक केन्द्रित पहलमार्फत इभी स्वामित्वलाई अझ सहज बनाउने प्रतिबद्धता जनाएको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाले यो कार्निभललाई इभीमा अपग्रेड गर्न उपयुक्त अवसर बनाएको कम्पनीको भनाइ छ।
काठमाडौं उपत्यकामा कार्यक्रम गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुरको पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन तथा भक्तपुरको राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ। उपत्यकाबाहिर भने दिपल, नामी र सेरेसका सम्बन्धित सोरुमहरूमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यसका साथै कार्यक्रममा रोबोटिक शो, किड्स जोन, विभिन्न खेलकुद गतिविधि तथा खानाका स्टलहरू समेत रहनेछन्, जसले सम्पूर्ण परिवारका लागि मनोरञ्जनात्मक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
