आज नेप्से झिनो अंकले उकालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज सोमबार ५.१ अंकले उकालो लागेको छ ।

साताको पहिलो दिन हिजो आइतबार उत्साह ल्याएको शेयर बजारमा आज ०.१७ प्रतिशतले बढेर २ हजार ९५६.५६ बिन्दुमा पुगेको हो ।

नेप्से ७ महिनायताकै उच्च विन्दुमा, २३ अर्बको कारोबार

आज कूल ३४२ कम्पनीको १ लाख ५६ हजार ३८१ कारोबारबाट १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४ सय ४० रुपैयाँ १२ पैसा बराबरको ३८ करोड ७ लाख ३ हजार ९४५ कित्ता शेयर किनेबच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।