आज नेप्से दोहोरो अंकले ओरालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले ओरालो लागेको छ ।

बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ८२ प्रतिशतले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ ।

वास्तवमा भन्ने हो भने बजार परिसुचक २४.४५ बिन्दुले घटेको हो । कूल ३४५ कम्पनीको १ लाख ३८ हजार २५६ कारोबारबाट १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८ सय ४६ रुपैयाँ १५ पैसा बराबरका ३ करोड ५८ लाख १९ हजार ८ सय २९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।