अमेरिकाले पनि दियो प्रधानमन्त्री शाहलाई बधाई

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।

प्रधानमन्त्री शाहलाई चीनको बधाई

काठमाडौँस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएको हो।

अमेरिकाले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको जनाएको छ।

दूतावासले भनेको छ, ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।’