नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई भोली बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो ।
उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको हो ।
यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।
उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।
अनलाइनखबरबाट साभार
