सुधनको बोलावटमा सशस्त्र र नेपाल प्रहरीका आइजीपी अहिले सिंहदरबार

गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षक (आइजीपी)लाई सिंहदरबार बोलाएका छन्।

गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन्।

उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि  पुगेका छन्।

दुवै आईजीपीसहित प्रहरी अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा रहेको प्रहरी जनाएको छ। उनीहरू आन्तरिक छलफलमा छन्।

यअसघि हिजो शुक्रबार पनि गृहमन्त्री सुधनले दुवै आईजीपीलाई गृहमन्त्रालय बोलाएका छन्। त्यसपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए। र आज उनिहरुलाई पक्राउ गरिएको हो ।

 

 

तस्बिर:अनलाइनखबरबाट