पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आज आइतबार पनि लम्बिएको छ।
शान्ति वार्ताका लागि इरानी टोली पाकिस्तानमा
ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्।
इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको बीबीसीले जनाएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो।
तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्।
सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि (४७ वर्षयता) यी दुई देशका उच्च तहका नेताहरू यसरी प्रत्यक्ष वार्तामा बसेको यो पहिलो पटक हो।
