शेयर कारोबार हुने साताको पहिलो दिन आज सोमबार नेप्से झिनो अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक ४.१८ को झिनो अंकले घटेर २८३३.६० बिन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० प्रतिशत फ्लोट इण्डेक्स ०.२५ प्रतिशतल बढेको छ।

आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७ सय ९३ कित्ता शेयर १ लाख १ हजार १ सय ८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६ सय ४१ रुपैयाँको कारोबार भएको छ।

अघिल्लो साता ६ दिनको कारोबारमा नेप्से परिसूचक ६९ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनीको ९३ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ।

त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढेको छ ।

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटेको छ ।