एशियन लाइफको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इच्छुक संस्थापक शेयरधनीहरूले यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले तोकिएको समयावधिभित्र प्राप्त आवेदनका आधारमा सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।