मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहको नाममा रहेको सेयर बिक्रीमा खुला गरेको छ । बैंकले कुल २ लाख ५८ हजार १८३ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो ।

उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।

खरिदकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले वैशाख ८ गतेदेखि वैशाख १६ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ ।

बैंकका अनुसार बिक्री अवधिभर प्राप्त भएका बोलपत्रहरू वैशाख १७ गते अपराह्न ४ बजे सानिमा क्यापिटलको कार्यालयमा बोलपत्रदाता वा निजका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।

बैंकले तोकिएको प्रक्रिया अनुसार सेयर बिक्री निष्पक्ष रूपमा सम्पन्न गरिने जनाएको छ ।