नेप्से नेतृत्वमा नयाँ अध्याय सुरु

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रत्यक्ष भेट गरी औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

गत भदौ १९ गते नेप्सेको अध्यक्ष पदमा नियुक्त भएका बस्यालले कार्यकाल पूरा नहुँदै पदबाट अलग हुने निर्णय गरेका हुन्। उनको राजीनामासँगै नेप्सेको नेतृत्वमा अब नयाँ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

नेप्सेको नेतृत्व सम्हालेको छोटो अवधिमै बस्यालले दिएको राजीनामालाई पुँजी बजार क्षेत्रले चासोका साथ हेरिरहेको छ। अब अर्थ मन्त्रालयले नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ।