पूर्व बजेट-रास्वपाद्धारा सांसद र मन्त्रीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’ छलफल कार्यक्रम हुने भएको छ ।

संसदीय दलको कार्यालयमा आज हुने छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सहभागी हुने बताइएको छ ।

रास्वपाले आफ्ना सांसदहरुका लागि आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ कार्यक्रम आयोजना गरेको हो ।