किमाथांका मार्ग खुल्यो अब चीन भारत जोडियो

भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको छ। पहिलै भइरहेकोसडकमा स्तरोन्नती पनि गरिएको छ।

आयोजनाका अनुसार भौगोलिक रुपमा बिकट, चट्टानको पहरा भएको स्थानमा सेनाले स्तरोन्नतीको काम पूरा गरेको हो। निर्माण कार्यका लागि हेलिकोप्टरमार्फत् समेत सामान ढुवानी गरिएको थियो।

चैनपुरदेखि संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे काम यसअघि नै सम्पन्न भइसकेको छ। चिनियाँ क्षेत्रबाट निर्माण सामाग्री र कामदार ल्याइएको आयोजनाले जनाएको छ।

२०६० सालमा नेपाल र चीनबीच किमाथांका नाका खुला गर्ने सहमति भएको थियो। नेपाली भूमि भएर भारत–चीन जोड्ने यो छोटो मार्ग हो। सप्तकोशी पूर्व चीन र नेपाललाई जोड्ने अहिलेसम्म दुई वटा नाका छन्। ती मध्ये एउटा किमाथांका हो।