अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपलमा चीनका राष्ट्रपति सी चिनफङसँग भेटवार्ता गरेका छन्।
ट्रम्पलाई स्वागत गर्न सी आफैँ ग्रेट हल अफ द पिपलमा आएका थिए। अनि दुई नेताले हात मिलाए र ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरियो।

यो भेट अमेरिका र चिनबिच सम्बन्ध, व्यापार र प्रविधिमा जारी तनावमा विश्वको ध्यान केन्द्रित भएका बेला भइरहेको हो।
भ्रमणको सबैभन्दा ठुलो चर्चाको विषय बोइङ विमान सम्झौता हो।
मिडिया रिपोर्टहरूले चीनले अमेरिकी कम्पनी बोइङसँग लगभग ९ लाख करोडको विमान खरिदका लागि सम्झौता गर्न सक्ने अनुमान गरेका छन्।
यदि उक्त सम्झौता भयो भने यो विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौतामध्ये एक हुनेछ।
व्यापार, शुल्क, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई) र ताइवानजस्ता मुद्दामा पनि बैठकमा छलफल गरिनेछ।
हालैका वर्षहरूमा दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ, यसैले यो भेटवार्ता अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
