नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा थियो।
यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा थियो।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।
