उदयपुरको उदयपुरगढी गाउँपालिकामा आज शनिबार महोत्तरीको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० व्यक्तिभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी लाकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका(जोगिटोल स्थित सडकबाट करिब १२ मिटर तल खसेको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतक महोत्तरीको बर्दिबास नगरपालिका बस्ने वर्ष ५५ का विमलेश दत्त हुन्।
उनको उपचारका क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उदयपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ।
विराटनगर ल्याइएका घाइतेहरूमा रसिला कुमारी चौधरी ९३८ वर्ष, गौशाला नपा(२, महोत्तरी० र सन्देश कुमार चौधरी ९१२ वर्ष, रसिला कुमारीकी छोरा० छन्।
दुर्घटनामा घाइते भएका अन्य २८ जनाको उपचार भने उदयपुर जिल्ला अस्पतालमै भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
