आज शनिबार प्याज महंगियो गोलभेडा सस्तो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज गोलभेँडा, काउलीसहित केही तरकारीको भाउ थप घट्दा कतिपय तरकारी महँगिएका छन्। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ४३, सानो लोकल गोलभेँडा ९, रातो आलु लाम्चो ३७, भारतीय सुकेको प्याज ५३, लोकल गाँजर ९६, लोकल बन्दा ५५, स्थानीय काउली ८५, हाइब्रिड मुला १७, लाम्चो भन्टा १७, डल्ले भन्टा २७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी २५, मकै बोडी ४५, करेला ३५, लौका ३६, लोकल परबल ३५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ २८५, डल्ले च्याउ ४८२, कुरिलो २७६ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५६, सानो लोकल गोलभेँडा ८, रातो आलु लाम्चो ३६, भारतीय सुकेको प्याज ५१, लोकल गाँजर ९५, लोकल बन्दा ५३, स्थानीय काउली १०७, हाइब्रिड मुला १७, लाम्चो भन्टा १७, डल्ले भन्टा २७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी २९, मकै बोडी ४३, करेला ३५, लौका ३६, लोकल परबल ३५, हरियो डल्ले फर्सी ३१, पाकेको फर्सी ५५, कन्य च्याउ २६०, डल्ले च्याउ ४८०, कुरिलो २७६ रुपैयाँ प्रतिकिलो थियो।