फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको लस एन्जलस स्टेडियम (सोफी स्टेडियम)मा भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मद्दतमा स्पेनले अस्ट्रियामाथि सानदार जित हात पारेको हो।
स्पेनले अब अन्तिम ८ मा जानको लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नु पर्नेछ।
स्पेनका लागि ओयाजाबालले दुबै हाफमा एक-एक गोल गरे भने पेड्रो पोरोले एक गोल गरे।
ओयाजाबालले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
पेड्रो पोरोले खेलको ६६औँ मिनेटमा दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे। स्पेनका लागि यो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।
ओयाजाबालले खेलको ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।
